काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि संक्रमित भएका नेता थापा आज ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोनमार्फत नेता थापालाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसबाहेक नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
ह्याम्स अस्पतालको कोभिड १९ आइसोलेसनमा रहेका नेता थापाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको ह्याम्स अस्पतालले बताएको छ ।
कांग्रेस नेता थापाका छाेरा सिद्धार्थ थापाका अनुसार उनलाइ पाँच दिन अघि नै काेराेना पुष्टि भएकाे थियाे। उनले मिडिया डबलीसँग भने, 'उहाँलाइ पाँच दिन काेराेना पुष्टि भएकाे हाे। ज्वाेराे कम नभएपछि अस्पताल लगिएकाे हाे।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।