आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संक्रमणको यो घडीमा जोखिमलाई व्यवस्थापन गर्न कांग्रेस नेता राणाले गरे रक्तदान

संक्रमणको यो घडीमा जोखिमलाई व्यवस्थापन गर्न कांग्रेस नेता राणाले गरे रक्तदान

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 4.3K
    SHARES

  • संक्रमणको यो घडीमा जोखिमलाई व्यवस्थापन गर्न कांग्रेस नेता राणाले गरे रक्तदान

    काठमाडौं- नेपाली कांग्रेसका युवा नेता एवं पूर्वअर्थराज्य मन्त्री उदय राणाले कोरोना भाइरसको संकटमा बेला रक्तदान गरेका छन् ।

    नेपाली कांग्रेस गोदावरी, ललितपुरको आयोजना आज (आइतबार) तेस्रो दिन टीकाभैरब, लेलेमा आयोजित रक्तदान कार्यक्रममा उनले रक्तदान गरेका हुन् ।

    रक्तदान कार्यक्रममा बोल्दै नेता राणाले संकटको बेलामा जोखिम व्यवस्थापनमा कांग्रेसले आफ्नो जिम्मेवारी निभाइरहेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै उनले भने, 'रक्तदाताको रुपमा सहभागी भएँ । संक्रमणको यो घडीमा जोखिमलाई ब्यबस्थापन गर्दै सहज ढङ्गबाट कार्यक्रम सम्पन्न गर्न सक्रिय रहनु हुने साथीहरु संयोजक पुरुषोत्तम सिल्वाल लगायत पाटीका सबै साथीहरु रक्तदाताहरु र सहयोगी सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

    यसबाहेक उनले राजनीति भनेकै संकटमा समाजसेवा गर्नु रहेको बताए । उनले भने, 'राजनीति भनेकै संकटमा सक्दो सेवा गर्दै सामाजिक अभियानमा निरन्तर हुनु हो भन्ने मलाई लाग्दछ । चुनाव मात्र राजनीति होइन, जनताको सुख दुखको सहयात्रा र सकारात्मक परिवर्तन राजनीतिको लक्ष्य हो भन्न चाहन्छु ।' 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २८ २०७९११:२१:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend