आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माहामारीमा पनि कम्युनिस्ट सत्ता प्रियजनकाे व्यवस्थापनमा व्यस्त : कांग्रेस नेता राणा

माहामारीमा पनि कम्युनिस्ट सत्ता प्रियजनकाे व्यवस्थापनमा व्यस्त : कांग्रेस नेता राणा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 5.5K
    SHARES

  • माहामारीमा पनि कम्युनिस्ट सत्ता प्रियजनकाे व्यवस्थापनमा व्यस्त : कांग्रेस नेता राणा

    काठमाडौं- नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थराज्य मन्त्री उदय राणाले कम्युनिस्ट सरकार काेराेना भाइरसकाे माहामारीमा समेत प्रियजनकाे भर्तीमा लागेकाे बताएका छन् ।

    माहामारीकाे संकटमा समेत कम्युनिस्ट सरकार सत्ता व्यवस्थापनमै व्यस्त रहेकाबेला नेता राणाले यसाे भनेका हुन् । उनले अस्तिसम्म सरकार बेसारकाे व्यापारमा लागेकाे र अब प्रियजनकाे व्यवस्थापनमा लागेकाे बताएका हुन् ।

    नेता उदयले भनेका छन्, 'अस्तिसम्म बेसारको ब्यापार गर्ने सत्तापक्ष अब दलको आन्तरिक कलह, कमिशन र प्रियजनलाई पद ब्यबस्थापनमा ब्यस्त छ।'

    त्यस्तै उनले दैनिक करिब १० जनाले काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाइरहँदा समेत सरकारले बेवास्ता गरेकाे बताएका छन् ।

    उनले भनेका छन्, 'दैनिक १० भन्दा बढिको मृत्युले नि नेकपा सरकारलाई छोएन सायद।अर्कोतिर अस्पतालमा औषधि, बेड र यन्त्र अभाव छ। त्यसैले हामी अझै अनुशासित र सुरक्षित हुन आवश्यक छ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २८ २०७९११:२१:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend