काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा लोकप्रिय युवा नेताहरूलाई उपकमान्डरको जिम्मेवारी तोकेको छ ।
कांग्रेस उपसभापतिसमेत रहेका स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले विभिन्न उपसमिति बनाएर संयोजक मनोनयन गरेका हुन् ।
केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा केन्द्रीय सदस्यहरूलाई संयोजकमा मनोनयन गरेको बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिको संयोजक, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजक तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक, केन्द्रीय सदस्य उदयशम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक तथा केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक तथा केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको संयोजकमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लोकप्रिय युवा केन्द्रीय सदस्यहरूलाई स्थानीय तहको निर्वाचनमा कम्युनिस्टसँग भिड्न संयोजक बनाइएपछि कांग्रेसमा उत्साह छाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।