काठमाडौं – नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापति पदमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।
प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले हराउँदै श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ६६५ मत ल्याएर विजयी हुँदा चित्रकारले ६५३ मत मात्रै ल्याएका छन् । शनिबार पहिलो चरणको चुनावमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आईतबार दोस्रो चरणको निर्वाचन भएको थियो ।
निर्वाचित भएका श्रेष्ठ नेता उदयशम्शेर राणा निकट मानिन्छन् भने पराजित चित्रकार मदन अमात्य निकट हुन् । ललितपुर जिल्लामा राणा र अमात्यबीच प्रतिस्पर्धा भइरहन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।