आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उदय राणाको सहयोगले कांग्रेसमा उदाएका जितेन्द्रले देउवा प्यानलमा किन गरे गद्दारी ?

उदय राणाको सहयोगले कांग्रेसमा उदाएका जितेन्द्रले देउवा प्यानलमा किन गरे गद्दारी ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 7.6K
    SHARES

  • उदय राणाको सहयोगले कांग्रेसमा उदाएका जितेन्द्रले देउवा प्यानलमा किन गरे गद्दारी ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्ला सभापतिका लागि भएको चुनावमा जितेन्द्रबहादुर श्रेष्ठले सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर राणाको सहयोगमा चुनाव जिते । श्रेष्ठलाई जिताउन राणाले खुलेरै चुनाव प्रचार गरेका थिए ।

    जिल्ला अधिवेशनमा देउवापक्षीय प्यानलबाट चुनाव जितेका श्रेष्ठ केन्द्रीय महाधिवेशनअघि संस्थापनइतर प्यानलमा उम्मेदवार बन्ने दौडमा रहेका नेता प्रकाशमान सिंहको प्यानलमा देखिएका छन् । चुनाव जितिसकेपछि श्रेष्ठले देउवा प्यानलप्रति किन गद्दारी गरे ?

    jitendra.jpg

    नेता सिंहले प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गर्न आयोजना गरेको कार्यक्रममा श्रेष्ठ सिंहसँगै देखिएका छन् । यससँगै श्रेष्ठले राणा र देउवालाई किन धोका दिए भन्ने प्रश्न गर्न थालिएको छ ।

    263846495_1185916708598855_1187040268982568274_n.jpg

    जिल्ला अधिवेशनमा देउवा पक्षबाट चुनाव जितेका जितेन्द्र प्रदेश अधिवेशनबाटै पौडेल पक्षतिर लागिसकेका थिए । प्रदेश अधिवेशनमा देउवा पक्षबाट प्रदेश सभापतिका उम्मेदवार ईन्द्र बानियाँ भए पनि श्रेष्ठले प्रदेश सभापतिमा पौडेल पक्षका उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई सघाएको स्रोतले जनाएको छ ।

    नेता राणाले च्यापेर जिताएका जिल्ला सभापति श्रेष्ठ यति चाँडै पौडेल पक्षतिर किन लागे ? ललितपुर कांग्रेसभित्र चर्चा सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend