आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई कांग्रेस नेता राणाको प्रश्न : के लाज लाग्दैन ?

केपी ओलीलाई कांग्रेस नेता राणाको प्रश्न : के लाज लाग्दैन ?

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 7.0K
    SHARES

  • केपी ओलीलाई कांग्रेस नेता राणाको प्रश्न : के लाज लाग्दैन ?

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला उद्घाटन र शिलान्यासमा रमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले गम्भीर प्रश्न गरेका छन् ।

    बैशाख ३१ गते शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–३ गोदावरीमा प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रमका लागि निमन्त्रणा वितरण भइरहेको सन्दर्भमा नेता राणाले प्रश्न गरेका छन् ।

    सरकारले कोरोना रोकथामका लागि सभा, समारोह, भेला, बैठक गर्न रोक लगाएको छ । तर ओली स्वयं नै कोरोना जोखिम बढाउने गरी उद्घाटन र शिलान्यासमा सहभागी हुने गरेका छन् ।

    नेता राणाले ट्विटरमा लेखेका छन्, ‘ललितपुरमा विभिन्न संयन्त्रहरूमा यो ‘निमन्त्रणा’ धमाधम बाँड्दैछन् । कोरोनाको कहरले संक्रमित र मृतकको यस्तो तथ्यांक आउँदै गर्दा, प्रधानमन्त्रीज्यूले शिलापत्रमा नाम लेखाउने जोखिमपूर्ण रहर नगरे हुन्न ? प्रम केपी शर्मा ओली के लाज त लाग्दैन ?’

    यसअघि समेत ओलीले भीडभाड जम्मा गरेर उद्घाटन र शिलान्यासका कार्यक्रम गर्दा कोरोना फैलिएको आरोप लाग्ने गरेको छ ।

    nim.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend