आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

'हामी आएको विधि फरक छ, नेविसंघको नेतृत्व विद्यार्थीले नै छान्नुपर्छ’

'हामी आएको विधि फरक छ, नेविसंघको नेतृत्व विद्यार्थीले नै छान्नुपर्छ’

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 8.8K
    SHARES

  • 'हामी आएको विधि फरक छ, नेविसंघको नेतृत्व विद्यार्थीले नै छान्नुपर्छ’

    नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाली कांग्रेसको बीऊ मानिन्छ। ऋहिले नेपाली राजनीतिक आन्दोलन जसरी भड्किरहेको छ। नेपाली कांग्रेससँगै नेविसंघले पनि पुरानो बाटो छोडेको होकि भन्ने गरिएको छ। प्रजातान्त्रिक आन्दोलनमा होस्, या विद्यार्थी आन्दोलनमा होस् सधैँ अग्रपङ्तीमा रहेको नेविसंघ आज कहाँ छ ? किन शैक्षिक मुद्दा छोडेर रानीतिक मुद्दा केन्द्रीत भएको ? कतै नेपाली विद्यार्थी राजनीतिको आन्दोलन भड्किएको पो होकि ? नेविसंघको महाधिवेशन गर्ने जिम्मा पाएको तदर्थ समिति पनि कार्यकाल लम्बाउने खेलमा लागेको हो ? यी र यस्तै विषयमा नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईसँग मिडिया डबलीले गरेको संक्षिप्त कुराकानी।

    अहिलेको अवस्थामा नेपाल विद्यार्थी संघ कहाँ छ र के गर्दै छ ?

    अहिले विश्वव्यापी कोरोना संकट छ। हाम्र मुलुक पनि यो संकटबाट अछुतो छैन। मुलुकको सबै कुरा थपिएको अवस्था छ। विद्यार्थी संगठनहरु यस्तो बेलामा थप सक्रिय रुपमा काम गर्ने परिस्थिती छ। त्यही अनुसार विद्यार्थी राजनीतिलाई संकटको बेला अझ सेवामा सर्मपित भएर काम गरेका छौँ।

    शिक्षा क्षेत्र ध्वस्त भएको छ। हामी त विद्यार्थी संगठन भएकोले प्रधान कुरा नै शिक्षा हो। शिक्षासँगै समाजमा जोडिएर आउने डाक्टर गोविन्द केसीको र उनको माग होस् या बलत्कारका घटना हुन् हामी त्यता पनि हामी केन्द्रीत छौँ। शिक्षा हाम्रो मुख्य केन्द्र हो। यो संकटमा शिक्षा क्षेत्रमा हामीले तीन वटा कुरा जोगाउन पर्याे। १) शैक्षिक सत्र, २) विद्यार्थीहरु सिकाइबाट बन्चित हुँदैछन्।

    सिकाइमा सबै विद्यार्थीलाई ल्याउने उपाय खोज्नु पर्याे। कक्षा कोठाको सिकाइको विकल्प अनलाइन कक्षा भनिएको छ। अहिले अनलाइन कक्षाको पनि विकल्प आवश्यक देखियो। अनलाइन कक्षा सबैको पहुँचमा रहेन। यो सर्वसुलभ पनि छैन। ३) विद्यार्थीको अवरुद्ध परीक्षा कुन विधि र प्रक्रियाबाट हुन्छ परीक्षा लिनुपर्ने हुन्छ। यो सरकार जिम्मेवार हुन सकेको छैन। शिक्षा क्षेत्रमा जति केन्द्रित हुनुपर्ने थियो त्यति भएको पनि छैन। आज पदाधिकारीहरुको नियुक्तिको विषयमा पनि यो सरकारले काम गरेन।

    केही विश्व विद्यालय तथा शैक्षिक क्षेत्र पदाधिकारी विहिन भएको कुरा थाहा पाएर पनि राजनीतिक स्वार्थका कारण केपी ओली नेतृत्वको सरकारले काम गरेको छैन। सरकार मुख्य विषयमा केन्द्रीत नभएकोले सरकारलाई घचघचाउन पनि लागि परेका छौँ।

    विभिन्न विश्व विद्यालयमा घटेका नकरात्मक घटनामा नेविसंघ मुछिएको आरोप लाग्दै आएको छ। यस्तै हो त नेविसंघ भनेको ? यस्ता घटनाले नेविसंघको पुरानो शाख जोगिन्छ ?

    अपराधिक गतिविधिसँग नेविसंघ कोषौँ टाढा छ। अपराधसँग नेविसंघको कुनै सम्बन्ध छैन। अहिले विश्व विद्यालयमा जे घटना घटिरहेको छ त्यो दुखद छ। हामीले विज्ञप्ती नै जारी गरेर अपराधीलाई कारबाही हुनुपर्छ। अपराधीलाई कारवाही गर्नुपर्छ र विश्व विद्यालय प्राज्ञिक थलो त्यसको गरिमा गुमाउन पदाधिकारीहरुले नै राजनीति गरिरहेका छन्।

    केही समय अघि त्रिवि प्रशासनले विद्यार्थीहरुलाई झुठा मुद्दा लगाउने, विद्यार्थीलाई थुन्यो यो पनि खेदजनक छ। हाम्रो कुरा के भने प्राज्ञिक थलोमा प्राज्ञिक नेतृत्व नै चाहिन्छ। हुनुपर्छ । जुनसुकै पार्टीलाई खुसी पारेर पद पाएको भए पनि त्यो थलोलाई प्राज्ञिक बनाउन छोड्न भएन भन्ने नेविसंघले उठाउँदै आएको विषय हो।

    अपराध पराधिकारीहरु मार्फत छिरेको छ। नेविसंघको छवि खलबलाउन त्रिवि प्रशासन नै लागिपरेको छ। यस प्रतिकार त नेविसंघले नियमसंगत नै गरिहाल्छ। विद्यार्थी राजनीतिको नाममा तोडफोड गर्ने, आगजनी गर्ने काम बन्द गर्नुपर्छ। विद्यार्थीलाई राजनीतिलाई रचनात्मक हिसाबले अघि बढाउन नेविसंघ जिम्मेवार भएर लागिरहेको छ।

    कांग्रेसको बीऊ मानिने नेविसंघ आज नेताहरु जसरी गुट र उपगुटमा लागेका छन् ती नै नेताको फेरो समातेर नेविसंघका नेता भन्नेहरु अघि बढेको देखिन्छ। यसरी नेविसंघको संगठन बन्छ ? कि सकिन्छ ?

    नेविसंघको नेतृत्व विद्यार्थीले नै छान्न पाउनुपर्छ। हामी जुन विधि र प्रकृतिले नेतृत्वमा आयौँ त्यो गलत छ। तर, हामी जुन विधिबाट आए पनि अब नेतृत्वको हस्तान्तरण गर्दा अब महाधिवेशन मार्फत विद्यार्थीकै अभिमत लिएर हस्तान्तरण गर्ने कुरामा जिम्मेवार भएर लाग्छौँ।

    पार्टीभित्रको गुटउपगुट पनि अन्त्य हुनुपर्छ। गुट विचारको बन्नु पर्छ व्यक्तिको होइन। व्यक्तिको नाममा बनेका गुटका कारणले पार्टी अगाडि बढ्न सकेको छैन। पार्टीलाई ठूलो क्षति भएको छ । अहिले जुन हिसाबले कांग्रेसले अहिलेको सरकारको गतिविधिमा ध्यान पुर्याएर सदन र सडकमा प्रस्तुत हुनुपर्ने हो त्यो हिसाबले प्रस्तुत हुन नसकेको कारण कांग्रेसभित्रको गुटकै कारणले हो।

    गुटबाट पार्टी र नेविसंघ दुवै मुक्त हुनुपर्छ। अब ईतिहासको चर्चा मात्रै होइन भविष्य कता जाँदैछ भनेर लाग्नुपर्ने अवस्था हो। नेविसंघसँग पार्टीको सुनौलो भविष्य हुर्कारहेको हुनाले नेविसंघ अझ गम्भीर भएर लाग्नुपर्छ। मुलुकको लागि कांग्रेसका लागि, राम्रा नेता उत्पादनका लागि पनि नेविसंघ शशक्त हुन जरुरी छ। अहिले कहिँ न कहिँ बाटो मोडिएको पक्कै छ। नेविसंघ विधि र विधानबाट अघि बढ्नु पर्छ।

    तपाइँहरु नेतृत्वमा रहेको अहिलेको नेविसंघको महाधिवेशन नगर्ने ? कि कार्यकाल लम्ब्याइरहने ?

    नेविसंघको महाधिवेशन गर्न पार्टीले एउटा विश्वासका साथ हामीलाई नेतृत्वमा ल्याएको हो। पार्टीको समयसिमामा महाधिवेशन गर्नेगरी अगाडि गर्दैगर्दा मुलुक कोरोना संकटमा फस्यो। यसैले गर्दा हामीलाई केही काम गर्न अप्ठ्यारो पक्कै बनाएको छ।

    अब अवस्था विस्तारै सामान्य बन्दै गए चाँडो भन्दा चाँडो महाधिवेशन गरी विद्यार्थीहरुको नेतृत्व विद्यार्थीले नै छान्ने विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्छाैँ। पहिले पहिले विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रको सुधारको लागि भनेर हुन्थ्यो। अहिले राजनीतिक दलको शक्ति बढाउन मात्रै विद्यार्थी आन्दोलन हुन्छ। कतै विद्यार्थी आन्दोलन त भड्को होइन ? अहिले विद्यार्थी आन्दोलन राजनीतिक केन्द्रीत भएको देखिन्छ।

    तथापी हामी त्यत्तिकै शिक्षाको विषयमा पनि केन्द्रीत छौँ। यो मुलुकले राजनीतिक गतिविधि गरेको सुन्छ, शिक्षाको गतिविधि गरेको सुन्दैन। जति शिक्षाका मुद्धा अघि बढाउँदा समाजले सुन्छ, त्यो भन्दा बढि राजनीतिक मुद्दा बनाउँदा सुन्ने भएकोले मात्रै शिक्षा क्षेत्रबाट विद्यार्थी आन्दोलन कतै पर धकेलिएको होकि जस्तो भान भएको हो। हामी विद्यार्थी आन्दोलन शिक्षा केन्द्रीत नै गरिरहेका छौँ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend