आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

दुःखका साथी बने कांग्रेस नेता महर्जन, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

दुःखका साथी बने कांग्रेस नेता महर्जन, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 9.8K
    SHARES

  • दुःखका साथी बने कांग्रेस नेता महर्जन, गरिबलाई सहयोग गर्दै बिताउँछन् दिन

    काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला जनताको सेवा तत्पर नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जन ललितपुरमा चर्चीत हुँदै गएका छन् ।युवा नेता तथा केन्द्रिय खेलकुद विभाग सचिब महर्जन ललितपुर जिल्लामा जे जस्तो सुकै समस्या परेपनी व्योहोर्दै आएका छन् ।

    असहय, निमुखा र दुखी गरिबहरुको सेवामा सधैं लागि आएका मीन कृष्णलाई अहिले ललितपुरमा समस्या परेकाहरु सबैले सम्झिने गरेका छन् ।नेता महर्जनले कोरोना भाइरसको माहामारीका बेला लगनखेल डोजोमा २ महिनासम्म सायौं मजदुरहरुलाई खाना खुवाएका थिए।

    त्यस्तै महर्जनको पहलमा तरुण दल ललितपुर क्षेत्र नम्बर १ चापागाउँमा क्षेत्रीय सचिब अनिल श्रेष्ठको नेतृत्वमा कहिब ५० जना स्वयम् सेवक परिचालन गरि १ महिना खाना बैंक सञ्चालन गरिएको थियो ।

    कम्युनिस्ट सांसदहरुले सुरुको ३ दिनमा काम सञ्चालन गर्न नदिएपछि स्थानीयहरुको चर्काे आलोचनापछि फुड बैंक अर्थात खाना बैंक सञ्चालनमा आएको थियो ।

    फुड बैंकले दैनिक २०० जना परिवारलाई नुन तेल चामल दाल चाउचाउ मस्यौरा बितरण गरेका थिए। अहिले मात्रै हैन्, नेता महर्जनले २०७२ को बिनासकारी भुकम्पका बेला समेत दक्षिण ललितपुरमा घरघरमा गएर राहत बितरण एवं त्रिपालको व्यवस्था गरेका थिए।

    धार्मीक आस्थाका क्षेत्रमा समेत निकै आस्थावान महर्जनले गोदावरी नगरपालिका चापागाउँको जिर्ण अवस्थामामा रहेको करिब ३ वर्ष पुरानो ऐतिहासिक चन्द्र भैरव मन्दिरको पुन निमार्ण गरेका थिए ।

    १५ बर्ष अगाडि मन्दिर निर्माण कमिटीको संयोजक भएर उक्त ऐतिहासिक मन्दिर आफ्नै करिब ७० लाखको लगानीमा पुन निमार्ण गरेका थिए ।

    साथै मन्दिर नजिकै रहेको ऐतिहासिक ईखा पोखारी पनि बगैंचा निर्माण गरेर कहिब ३० लाखको लागत बजेत उक्त ऐतिहासिक ईखा पोखारी ढलान गरि पुर्ण निर्माण कार्य सम्पन्न गरेका थिए।

    त्यस्तै महर्जन गोदावरी नगरपालिकाको देबिचौरमा पनि महादेवको मुर्ती स्थापना गरेका थिए। त्यस्तै महांकाल गाउँपालिका बुखेलमा पनि राधाकृष्ण मन्दिर स्थापना गरेका थिए।

    महर्जनको यस्ता उदाहरणनिय कार्य सयौं छन्। त्यसैले त्यहाँका जनताहरुले मन मस्तिकमा राख्ने गरेका छन्। यस्ता लोकप्रिय व्याक्तिलाई अब आउने निर्वाचनमा सबै दाजुभाई मिलेर चुनाव जिताएर ललितपुर क्षेत्र नम्बर १ विकासमा काचुली फेर्ने स्थानिय महिला लक्ष्मी श्रेष्ठले बताइन् ।

    त्यस्तै स्थानिय युवा नदिम देशारले मीन कृष्ण महर्जन जस्तो बिकास प्रेमी नेता जनप्रतिनिधि नहुँदा सम्म ललितपुर क्षेत्र नम्बर १ को बिकास पछि पर्ने बताए। महर्जन गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा पार्टीको अन्तर्घात को कारण झिनो मतले पराजित भएका थिए।

    मिडिया डबलि अनलाइनसँग कुरा गर्दै नेता महर्जनले भने, 'मेरो कार्य क्षमता र मेरो काम गर्ने शैलीको कारण मलाई जनताले राम्रै मत हाले तर आफ्नै पार्टीका नेताहरुले विपक्षको उम्मेदवारसँग पैसा कुम्ल्याएर मलाई चुनाव हराउने काम गरे ।' अब, जनता र आफु सचेत भइसकेको र अबको चुनाव आफुले सजिलै जित्ने विश्वास उनले व्यक्त गरेका छन् ।

    meenkrishna.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend