आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले आफ्ना दूत पौडेल र पोखरेललाई किन पठाए खुमलटार ? माधव नेपाल आक्रोशित

ओलीले आफ्ना दूत पौडेल र पोखरेललाई किन पठाए खुमलटार ? माधव नेपाल आक्रोशित

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 15.3K
    SHARES

  • ओलीले आफ्ना दूत पौडेल र  पोखरेललाई किन पठाए खुमलटार ? माधव नेपाल आक्रोशित

    काठमाडौं-  राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्न ढिलाइ भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्ना दुई दूतलाई प्रचण्ड निवास खुमलटार पठाएका छन् ।

    शनिबार बिहान प्रचण्ड निवास पुगेका नेकपा महासचिव विष्णु पौडेल र शंकर पोखरेलले प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने सन्देश सुनाएका थिए ।

    ओलीको त्यस्तो सन्देश सुनेपछि प्रचण्ड असन्तुष्ट बनेको बुझिएको छ । ओलीले डा.युवराज खतिवडालाई कतै एडजस्ट गर्नुपर्ने आफ्नो धारणा रहेको सन्देश पठाएका थिए ।

    प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर यसअघि नै माधवकुमार नेपालले सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखिसकेका छन् । वामदेव गौतमलाई सांसद र मन्त्री बनाउने विषयमा नेता नेपालले आपत्ति नजनाए पनि कार्यदलको प्रतिवेदनमा असहमति जनाएका हुन् ।

    पौडेल र पोखरेलका विषयमा नेकपा वरिष्ठ नेताद्धय नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमपक्ष आक्रोशित बनेको छ । पछिल्लो समय प्रचण्ड ओलीसँग मिलेर अघि बढेपछि वामदेवपक्ष रुष्ट बनेको छ । त्यस्तै नेता नेपालले सचिवालयमा पेस भएको सहमतिको प्रतिवेदनमा आलोचनात्मक १५ बुँदे टिप्पणी समेत दिएका छन् ।

     नेपालको असहमतिपछि ओलीलाई सोही विषय देखाएर सत्ता लम्बाएर अगाडि बढ्ने योजना रहेको चर्चा छ । स्रोतका अनुसार ओलीले राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, अख्तियारमा नियुक्तिलगायतका विषयमा दाहालसँग कुरा गर्न पौडेल र पोखरेललाई पठाएका हुन् ।

    ओलीले सचिवालयमा वामदेवलाई राष्ट्रिय सभामा मनोनीत सांसद बनाउन ढिलाइ गरेको विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ । उसो त वामदेवको नियुक्तको विषय शितलनिवास समेत नपुगेको भन्ने चर्चा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend