आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

महिलासँग यौन बात लागेका नेताको यी मुख्यमन्त्रीले गरे बचाउ

महिलासँग यौन बात लागेका नेताको यी मुख्यमन्त्रीले गरे बचाउ

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 10.0K
    SHARES

  • महिलासँग यौन बात लागेका नेताको यी मुख्यमन्त्रीले गरे बचाउ

     काठमाडौं -  शंकर पोखरेल नेकपाका स्थायी कमिटी सदस्य हुन् । उनी अहिले प्रदेश ५ को मुख्यमन्त्री छन् । श्रीमतीलाई समेत सांसद बनाउन सफल पोखरेल प्रधानमन्त्री केपी ओलीका अति विश्वासपात्रमध्येका एक हुन् ।

    ओलीको विषयमा कसैले आरोप लगाए वा उनी कुनै संकटमा परे पोखरेल आफ्नो काम नै छाडेर काठमाडौं आउने गर्छन् । पार्टीमा ओलीको पक्षमा लबिङ गर्ने उनी पछिल्लो समय भने महिलाले यौन बात लगाएका एक नेकपा नेताको बचाउमा उत्रिएका छन् ।

    नेकपा नेता एवं साहित्यकार मोदनाथ प्रश्रितमाथि शारदा भुसाल नाम गरेकी एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । उनले किताबमै सो आरोप लगाएकी थिइन् । यो विवाद अहिलेसम्म निप्ट्यारा लाग्न सकेको छैन ।

    त्यही भएर २०७६ सालको पद्यश्री पुरस्कार र सम्मान विवादमा पर्यो । पद्यश्री पुरस्कार डा.सञ्जीव उप्रेती र सम्मान प्रश्रितलाई दिने निर्णय गरिएको थियो ।

    तर, उप्रेतीले यौन बात लागेका प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार लिन नसक्ने घोषणा गरेपछि प्रश्रित पुनः विवादमा तानिएका हुन् । तर, मुख्यमन्त्री पोखरेलले सोमबार राति ट्विटमार्फत उप्रेतीलाई नै कमजोर र गलत देखाउन खोजेका छन् ।

    उनले प्रश्रित जति योगदान दिन नसकेको भन्दै उप्रेतीले पुरस्कार लिन नसकेको भनेको होला भनी सोचेकोमा प्रश्रितलाई विवादमा ल्याउन शारदा भुसालको षड्यन्त्रमा फसेको दाबी गरेका छन् । एकेडेमिक क्षेत्रमा प्रश्रित विवादित साहित्यकार हुन् ।

    shankar pokhrel.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७१०:१२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend