आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बुटवलमा सरकारले गरेकाे ज्याजतीप्रति नेविसंघले दियाे यस्ताे चेतावनी

बुटवलमा सरकारले गरेकाे ज्याजतीप्रति नेविसंघले दियाे यस्ताे चेतावनी

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 4.3K
    SHARES

  • बुटवलमा सरकारले गरेकाे ज्याजतीप्रति नेविसंघले दियाे यस्ताे चेतावनी

     काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले संवादबाट नै प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामबारे समाधान निकाल्न आग्रह गरेको छ। बुटवलमा भइरहेका प्रदर्शनमा दमन र धरपकड गरिएकोमा नेविसंघले घोर आपत्ति जनाएको छ। प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बीनी राखिसकेपछि बुटवलमा प्रदर्शन चर्किएको छ।

    ‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो,’ नेविसंघ महामन्त्री बलदेव तिमल्सीनाले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

    शान्तिपूर्ण आन्दोलन गरे पनि नेविसंघ उपसभापति मुक्तिराज पौडेललगायतलाई पक्राउ गरेकोमा विनाशर्त रिहाइ गर्न उनले माग गरेका छन्। पक्राउ गरिएकालाई नछाडे आन्दोलन चर्काउने नेविसंघले चेतावनी दिएको छ। ‘शान्तिपूर्ण ढंगबाट छलफल गरीरहेको अबस्थामा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, बिष्णु पोखरेल,ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रीय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डेलगायतलाई गरिएको गिरफ्तारी प्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाईको माग गर्दछु,’ उनले भनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend