बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

रूघा खोकी हैन, कोरोनाको खास लक्षण यस्तो पो रहेछ !

रूघा खोकी हैन, कोरोनाको खास लक्षण यस्तो पो रहेछ !

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 6.6K
    SHARES

  • रूघा खोकी हैन, कोरोनाको खास लक्षण यस्तो पो रहेछ !

    काठमाडौं - अहिले विश्वका २१६ देशमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ। कोरोनाको जोखिम नेपालमा पनि उत्तिकै छ, संक्रमण दर बढिरहेको छ। धेरैले रुघाखोकीलाई नै कोरोना भाइरस संक्रमणको लक्षण भनिरहेका छन्। तर, कोरोनाको खास लक्षण भनेको ज्वोरो या रुघाखोकी नभई गन्ध र खाने कुराको स्वाद थाहा नपाउने नै स्पष्ट संकेत रहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

    युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक्षण देखिएको थिएन जसले पनि गन्ध थाहा नपाउनु कोभिडको अझ स्पष्ट संकेतक हुन सक्ने देखाएको छ ।

    गत अप्रिलदेखि नै सुँघ्ने अनि स्वाद थाहा पाउने क्षमता गुम्नु कोरोना भाइरसको लक्षण हुन सक्नेबारे विज्ञरुले खोजी गरिरहेका थिए । र सो तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि मे महिनाको मध्यतिर यसलाई पनि कोभिडको आधिकारिक लक्षणमा समावेश गर्ने घोषणा भएको हो ।

    सबै कोरोनाका बिरामीमा यो लक्षण अनिवार्य भने छैन तर अनुभव भएमा चाहिँ कोभिड संक्रमित भएको लगभग पक्का हुन सक्ने यस रिसर्चको निष्कर्ष छ । साथै यसको थप स्पष्टिकरण दिँदे प्रोफेसर रेचलले भनेकी छन्, “कसैलाई रुघा लागेको छैन, नाक बन्द भएको या सिगान बगिरहेको छैन तरपनि केही गन्ध थाहा हुँदैन भने त्यस्तो अवस्थामा सचेत हुनुपर्छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend