काठमाडौं - चीनबाटै सुरु भएर विश्वका २१६ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। चीनमा भने अहिले पुरानै अवस्थामा जनजीवन फर्कने अवस्था छ अन्यत्र महामारीको रुप लिने खतरा कायमै छ।
शनिबारसम्ममा नेपालमा कोरोना संक्रमितको सख्ंया ८४ हजार ५७० पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो ।
योसँगै नेपालको संक्रमित संख्या चीनको हाराहारी पुगेको छ । पछिल्ला दिन दैनिक रुपमा देखिँदै गएको संक्रमितहरुको दर आइतबार पनि कायम रहने सम्भावना छ । यसो हुँदा आइतबार नेपालले चीनलाई जित्ने देखिएको छ ।
चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको शनिबारसम्मको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । नेपालमा सरदर दैनिक २ हजारभन्दा बढी संक्रमित देखिरहेकाले आइतबार नेपालले चीनलाई जित्ने निश्चित प्रायः छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।