काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका काठमार्डौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ५ सय २८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।