आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

नेविसंघले बुटवलबाट राजधानी सार्न लागेको भन्दै गर्‍यो तोडफोड

नेविसंघले बुटवलबाट राजधानी सार्न लागेको भन्दै गर्‍यो तोडफोड

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 4.9K
    SHARES

  • नेविसंघले बुटवलबाट राजधानी सार्न लागेको भन्दै  गर्‍यो तोडफोड

    बुटवल-  प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि बुटवलमा आन्दोलन सुरु भएको छ। 

    प्रदेश सरकारको शुक्रबारको बैठकबाट उक्त प्रस्ताव संसदमा पेस भएलगत्तै कांग्रेसका कार्यकर्ताले सडकमा उत्रिएर विरोध जनाएका हुन्।  नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन सुरु गरेको जानकारी दिएका छन्। 

    पार्टी सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी विज्ञप्तिमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरिएको छ। नेविसंघले प्रस्ताव पेस हुनासाथ तीन वटा गाडीमा तोडफोड गरेको छ।

     सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु१झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी र लु१झ ४४९ नं गाडी तोडफोड गरेको छ। उनीहरुले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend