काठमाडौं- देशभर कोरोना भाइरसको माहामारीले उग्ररुप लिएको छ । यसबीच नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संगठन र तरुणदल नेपालले विभिन्न सहयोग अभियानहरु सञ्चालन गर्दै आएका छन् ।
यसबीच पछिल्लो समय काठमडौंमा तरुण दल र नेविसंघले कोरोना भाइरसको संक्रमणबाट बचाउँने साधन मास्क वितरण गर्ने भएको छ ।

नेविसंघका केन्द्रिय माहामन्त्री मनोज बैधेले काठमाडौं महानगर बासीको लागि ३ लाख ५० हजार थान निशुल्क मास्क बितरण गर्न लागेका हुन् । उनले असोज १६ गते गर्दै छन् ।
गरिब जनता काठमाडौंमै पनि छ्न उहाँहरु एउटा माक्स पाउनबाट समेत बञ्चित छ्न्, उहाँहरुसम्म पुगोस भनेर १ प्याकेटमा ४ वटा प्रति व्याक्तिलाई मास्क वितरण गर्दैछौं, महामन्त्री बैधेले भने ।

त्यस्तै नेपाल तरुण दल काठमाडौं जिल्ला सचीव दिनेश बिक्रम शाहले २ हजार थान मास्क सहयोग गरेका छन् ।
३राज्यले केही न गरेको बेला महानगरको जनतालाई सुरक्षित राख्ने उध्य्शेयले सुरु गर्न लागेको अभियानमा जोडीन पाउँदा आफुलाई खुशीलागेको छ, सचिव शाहले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।