काठमाडौं - नेविसंघ नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ताहरु पक्राउ परेका छन्। आज बिहान चाइनीज एम्बेसीमा विरोध प्रदर्शन गरिरहेका ५० जना मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै नेपालस्थित चीनिया दूतावासमा प्रदर्शन गरेका छन्। त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन्।
पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, बिन्दा बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा चिनौँ सिमाना, जोगाओँ माटोका अभियान्ता मनिष सिम्खडाले जानकारी दिए।
‘कालापानी, सुस्ता लगायतका क्षेत्रमा नेपाली भुमी निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदाशीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई नेपाली भुमि र सिमानाका बारेमा सुचित गराउनु नेपाली बिद्यार्थी आन्दोलनको एउटा महत्वपुर्ण जिम्वेवारी हो र हुनुपर्छ भनेर हामीले “चिनौ सिमाना जागाऔ माटो” अभियाकर्ताहरुले भनेका छन्।
उक्त अभियान अन्तरगत नै देशैभरीका विद्यालयहरुमा लिपुलेक, लिम्पयाधुरा लगायतका मिचिएका भुमि समेत समेटिएको नेपालको नक्सा बनाउन सिकाउने र त्यससँग सम्बन्धित ऐतिहाँसिक तथ्यहरुबारे सुचित गराउने महिनौ लामो अभियान सञ्चालन पनि गरेको थियो।
चौतफी दबाब बिच नयाँ नक्शा प्रकाशन र संबिधान संसोधन मार्फत मार्फत त्यसको अनुमोदन पछि सरकारले समस्या समाधानका लागि आवश्यक थप सार्थक कुटनीतिक पहल नगरेको अभियान कर्ताहरुको आरोप छ।
चीनले सीमा मिचेको विषयमा स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनले भूमि मिचेको छैन भन्नुले प्रश्न उठेको उनीहरुको ठहर छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।