काठमाडौं - लगातार सक्रिय मनसुन शुक्रबारदेखि केही कमजार बनेको छ। काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा आज घाम लाग्नेछ। प्रदेश १ र ३ बाहेकका सबै प्रदेशमा अहिले बिहानै देखि घाम लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ र २ मा मनसुनी न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकोले त्यता घाम नलागेको हो। प्रदेश १ र २ मा अहिले केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ। प्रदेश १ र २ मा नै आज अन्य भन्दा बढि पानी पर्ने सम्भावना छ। आज दिउँसो प्रदेश १, २, बागमती, र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुनेछ।
प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा आंशिक बदली भइ एकदुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि साँझपख हल्का पानी पर्ने सम्भावना छ। आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा हुनेछ। त्यस्तै आज राती पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।