आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अझै केही दिन भारी वर्षा : यस्तो काम बिर्सेर पनि गर्दै नगर्नु

अझै केही दिन भारी वर्षा : यस्तो काम बिर्सेर पनि गर्दै नगर्नु

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 3.7K
    SHARES

  • अझै केही दिन भारी वर्षा : यस्तो काम बिर्सेर पनि गर्दै नगर्नु

     काठमाडौं - यो हप्ताको सुरु देखि नै सक्रिय बनेको मनसुन अझै केही दिन नेपाल मै रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्नेक्रम शनिबार देखि केही कम भएपनि सर्तक भने रहनुपर्नेछ।

    बुधबार, बिहीबारको तुलनामा शुक्रबार र भोली शनिबार केही कम पानी पर्नेछ। मनसुन नेपालबाट बाहिरीने समय सेप्टेम्बर तोकिएको छ। तर, सेम्टेम्बर अन्तिम हुँदै गर्दा मनसुन झन सत्रिय बनेको हो। मनसुन उताढचढाब भएको कारण पानी बढि परेको महाशाखाले जनाएको छ।

    पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ। सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ।

    १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ। वर्षा जारी रहेकोले नदिका किनारमा नजाने, नदि नजिक घरहरुनेहरु सर्तक रहने, मेरो घर त सम्ममा छ केही हुन्न भनेर ढुक्कले नबस्ने, दायाँ बायाँको जमिनको अवस्था के छ बुझिराख्ने गर्न पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

    यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए। सुदूरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा भए। अहिले पनि प्रदेश १, २ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ११ २०७७०८:२३:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend