आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मनसुन देशैभर फैलियो, कहाँ - कहाँ छ खतरा ?

मनसुन देशैभर फैलियो, कहाँ - कहाँ छ खतरा ?

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 8.4K
    SHARES

  • मनसुन देशैभर फैलियो, कहाँ - कहाँ छ खतरा ?
    फाइल तस्बिर

    काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ।

    महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो।

    ‘सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्छ। यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो,’ आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज ९आइतबार० जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सम्बन्धित निकायलाई अनुरोध छ।’

    योसँगै आज (सोमबार) देखि हिजोरअस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष बुलेटिन जारी गरेको मौसमविद् गंगा नगरकोटीले बताएकी छिन्।

    उनका अनुसार अहिले (सोमबार बिहान ६ बजे) पनि देशभर मौसम बदली छ र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

    ‘आज देशैभर वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् नगरकोटीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘काठमाडौं उपत्यकाका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना देखिएको छ।’

    सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ११ २०७७०८:२३:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend