आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वका ७० वटा भन्दा धेरै प्लेटफर्ममा बसन्त थापाको 'माया हासेको'

विश्वका ७० वटा भन्दा धेरै प्लेटफर्ममा बसन्त थापाको 'माया हासेको'

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 6.9K
    SHARES

  • विश्वका ७० वटा भन्दा धेरै प्लेटफर्ममा  बसन्त थापाको 'माया हासेको'

    काठमाडौं- चर्चीत संगीतकार तथा गायक बसन्त थापाको आबाजमा लोकदोहोरी गीत 'माया हासेको...' सार्वजनीक भएको छ । प्रलाद सुबेदीको शब्द रहेको उक्त गीतलाई बसन्त थापाले नै संगीत गरेका हुन् ।गायिका शान्तिश्री परियारले बसन्त थापालाई आबाजमा साथ् दिएकी छिन्। 

    उक्त अडियो विश्वभरका ७० वटा भन्दा धेरै प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो। जुनसुकै देशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहीनीहरले उक्त गीत यी चर्चीत म्युजिक एपबाट सुन्न सकिने बताइएको छ ।

    SPOtify, itones, Gana, amazon music, deezer, wync, जस्ता एपहरुबाट गीत सुन्न सकिने जानकारी दिइएको छ। बजारमा भिडियो नै नबनेका ताजा गीतहरु यी एपमा पहिला आउने सर्जक बसन्त थापाले जानकारी दिए । थापाले भने, 'यो एउटा अडियो प्लेटफर्म हो, मेरा अब आउने सबै नयां गीतहरु अडियो सबैभन्दा पहिले यिनै एपहरुबाट सुन्न सकिनेछ ।'

    प्रविधिको विकासँगै शुन्यतलाई व्यवस्थापन गर्ने शिलशिलामा विश्वका हरेक कुनामा रहेको दाजुभाइ तथा दिदिबहीनीहरुलदाई सुनेर मनोरञ्जन गराउने र सर्जकहरुलाई योगदान  हुने किसिमले गीत ती प्लेटफर्महरुमा सार्वजनिक गरिएको हो । 

    पछिल्लो समय छाँया पर्दै भएको गीत संगितको बजारलाई धराशायि हुनबाट बचाउँन सबै देशमा छरिएका नेपालीहरुले गीत सुनेर मनोरञ्जन लिँदै सर्जकलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । 

    गीत संगित बचाउ अभियानमा र श्रष्ठा बचाउ अभियानले यी विश्वका चर्चीत एपहरुबाट गीतलाई व्यवस्थापन गरिएको बताएको छ ।

    धराशायि बन्दै गएको गीत संगित बजारलाई केही टिकाउन समेत यो एपहरुबाट सार्वजनिक गरिएको कम्पनीको दाबि छ ।

    नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुले आफु रहेधकै देशबाट यस्ता गीत संगित बजारलााई माया गरेर गीत सुनेर श्रष्ठालाई बचाउनु हुनेछ भन्ने कम्पनीले अपेक्षा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०६:५७:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend