आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
कोरोना माहामारी

कांग्रेस महामन्त्री कोइराला कोरोना मुक्त, स्वकीय सचिव तिवारीलाई कोरोना पुष्टि

कांग्रेस महामन्त्री कोइराला कोरोना मुक्त, स्वकीय सचिव तिवारीलाई कोरोना पुष्टि

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 7.4K
    SHARES

  • कांग्रेस महामन्त्री कोइराला कोरोना मुक्त, स्वकीय सचिव तिवारीलाई कोरोना पुष्टि

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोेरोनामुक्त भएका छन् ।

    उनका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

    कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना संक्रमण भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।

    चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् । तर कोइरालाका मुख्य स्वकीय सचिव भरत तिवारीमा भने बुधबार कोरोना पोजेटिभ देखिएको छ ।

    यसअघि भन्दौ २३ मा उनमा कोरोना नेगेटिभ देखिएको थियो । भारत तिवारीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार पिसिआर परीक्षण गर्दा आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १ २०७७०९:०१:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend