आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाेलिदेखि सरकारले ६० रुपैयाँ किलाे प्याज बेच्ने

भाेलिदेखि सरकारले ६० रुपैयाँ किलाे प्याज बेच्ने

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 6.5K
    SHARES

  • भाेलिदेखि सरकारले ६० रुपैयाँ किलाे प्याज बेच्ने

    काठमाडौं- सरकारले बिहीबारदेखि कालोबजारीबाट खोसेको प्याज बेच्ने भएको छ ।  हाल जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि विक्री गर्ने भएको हो।  

    मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको हो। 

    ढुवानी लागत र प्याकेजिङ्गसहित उक्त प्याज प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गरिने भएको हो । गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए। 

    बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा अनुगमन गरेको थियो।  त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend