काठमाडौं- नेपाल विद्यर्थाी संगठन नेविसंघले त्रिभुवन विश्व विद्यालयमा चर्काे प्रदर्शन गरेको छ ।
मंगलबार त्रिभुबन बिश्वबिद्यालय नेविसंघका नेता श्याम चन्द्र अधिकारी र हरि आचार्यको नेतृत्वमा नेविसंघले विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थीको हितभन्दा राजनीतिकरण मच्चाएको आरोपमा नेविसंघले आन्दोलन गरेको हो ।
विश्वविद्यालयमा नयाँ पदाधिकारी आएको १ वर्ष पुगिसक्दा समेत उनीहरुले कुनै भावी योजना नबनाइ समय खेर फालेको नेविसंघले खुलासा गरेको छ । प्राज्ञिक क्षमता एवं योग्यताका आधारमा पदाधिकारी छनोट नगरेर विश्वविद्यालयलाई दलियकरण गरेकोप्रति नेविसंघले घोर आपत्ति जनाएको छ ।
त्यस्तै कोरोना भाइरसको माहामारीका कारण विगत ६ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा समेत कुनै वैकल्पिक योजना नबनाइ कर्मचारीहरु ढुक्कले बसेकोप्रति समेत नेविसंघले गम्भीर ध्यानाकर्षण गराएको छ । नेविसंघले बुँदागत रुपमा असन्तुष्टि व्यक्तगर्दै तत्काल विश्वविद्यालय सु्धारको योजना अघि सार्न आग्रह गरेको छ ।
नेविसंघका महामन्त्री दिपक भटुटराईले त्रिभुवन विश्वविघालयको वर्तमान नेतृत्वसँग विश्वविघालय सुधार्ने कुनै योजना नभएको आरोप लगाएका छन् ।
उनले भनेका छन्, 'वर्तनमान नेतृत्वसँग नकुनै सोच छ न अरूको जायज कुरा सुन्छ। हालको नेतृत्व प्राज्ञिक मर्यादा कुल्चिएर जसले बनायो उसैको भरिया बनेको छ। यो नेतृत्वका कारण विश्वविघालयमा संकट निम्तिने भयों।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।