काठमाडौं- सरकारले भदौ ५ गते देखि आन्तरिक उडान खुला गरेको छ । याेसँगै अब वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा रहेका छन् ।
सुरुमा अब सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान खुला हुने गन्तब्यको सूची दिनेछ र सोही आधारमा प्राधिकरणले कम्पनीहरुलाई परमिट दिने छ ।
यद्यपी अहिले एक तिहाइ उडानमात्रै खुल्ने अधिकारीहरुले जनाएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय गरेसँगै अब उड्यन कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् ।
वायुसेवा कम्पनीहरु सरकारले गन्तब्य उडानको सुची तयार नपाए सार्वजनिक यातायात देशभर खुलाभएझैँ देशभर उडान गर्ने जनाएका छन् । नेपालमा १० चैत, रातको १२ बजेयता सार्वजनिक यातायात र आन्तरिक हवाई यातायात बन्द छन् । सोही दिनबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट सिमित गन्तब्यका लागि खुला भइसकेको छ ।
अब सुरु हुने उडानमा भने स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेपछि जहाज चढ्न पाइन्छ । यसमा ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउने छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।