आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अध्यादेश फिर्ता नलिए, भोली ओलीको दुबै पद गुम्ने खतरा

अध्यादेश फिर्ता नलिए, भोली ओलीको दुबै पद गुम्ने खतरा

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 5.9K
    SHARES

  • अध्यादेश फिर्ता नलिए, भोली ओलीको दुबै पद गुम्ने खतरा

     काठमाडौं -  एकातिर सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक चलिरहेको छ अर्का तिर सचिवालयलाई नै बाइपास गरेर नेकपाका अध्यक्षसमेत रहेका केपी ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषदमा सिफारिस गर्न तयारी थालेका छन्। आज मंगलबार प्रधानमन्त्री ओलीले आफ्नै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन्।

    अध्यादेश ल्याएसँगै नेकपा फुटको बाटोमा धेरै नै अघि बढेको प्रष्ट भएको छ। अध्यादेश जारी गरेसँगै नेकपाभित्र र बाहिर चर्काे विरोध भइरहेको छ। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यको खुमलटार भेलाले अध्यादेश तत्काल फिर्ता नलिए पार्टी कमिटीले निर्णय गर्ने भएका छन्।

    यसको मतलब ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाबट हटाउने तयारी हो। मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ु जारी गरेपछि बेलुका प्रचण्डसहित ५ सचिवालय सदस्यहरुले प्रचण्ड निवास खुमलटार बसेर छलफल गरेका हुन्।

    ओलीले अध्यादेश जारी गरेलगत्तै प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुले छलफल गरेका हुन्। उनीहरुले भोलीको बैठकमा ओलीविरुद्धको रणनीति तयार पारेको बुझिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend