पोखरा–गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं.१६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।