काठमाडौं– सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा गएको भिषण पहिरोमा परेका २ जनाको शव फेला परेको छ। आइतबार बिहान गएको पहिरोमा बेपत्ता २ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार अझै २२ जना हराइरहेका छन्।
नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।
यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हो। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्याएको हो।
यस्तै बाह्रबिसे वडा नम्बर ७ मै पर्ने केम्बे भन्ने स्थानमा पनि पहिरोमा परी ३ जना घाइते भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।