आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

बागलुङमा भिषण पहिरो, दुईको मृत्यु, १२ जना बेपत्ता

बागलुङमा भिषण पहिरो, दुईको मृत्यु, १२ जना बेपत्ता

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 6.5K
    SHARES

  • बागलुङमा भिषण पहिरो, दुईको मृत्यु, १२ जना बेपत्ता
    फाइल तस्वीर

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।

    भिषण अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

    'रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन,' भण्डारीले भने, 'अहिले उद्धारको काम भइरहेको छ। बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ।'

    बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए।

    घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २८ २०७७०९:५१:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend