काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ।
शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको प्रहरीले जनाएको छ। घटनास्थल दुर्गम ठाउँमा भएकाले प्रहरी पुग्न समय लाग्नेछ। घटनामा धेरै मान्छे हताहत भएको आशंका प्रहरीले गरेको छ।
प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।