काठमाडौं– काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रदेश ३–०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।