काठमाडौं- करिब तीनवर्षपछि सरकारले खेतियोग्य जमिनको कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको हो।
मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावलि बनाई मन्त्रिपरिषदमा पेश गरेपछि कित्ताकाट खुला गरेको हो । सो नियमावलीमा जग्गाको बर्गिकरण गरी सोअनुसार प्रयोग गर्ने प्रस्ताव तयार पारिएको छ, यद्यपी पारित हुन बाँकी छ ।
हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
यस्तो छ मन्त्रालयले जारी गरेको सुचना:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।