बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पहिला फेसबुकमा चिनजान, त्यसपछि अवैध सम्बन्ध र लेनदेन, अनि हत्या!

पहिला फेसबुकमा चिनजान, त्यसपछि अवैध सम्बन्ध र लेनदेन, अनि हत्या!

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 4.8K
    SHARES

  • पहिला फेसबुकमा चिनजान, त्यसपछि अवैध सम्बन्ध र लेनदेन, अनि हत्या!

    काठमाडौं– पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ।

    यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका खबर आजको राजधानी दैनिकले लेखेको छ।

    यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ।

    यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो।

    महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए।

    ‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको छ । सामान्य विवादमा तत्कालको रिस र आवेगलाई कन्ट्रोल गर्न नसक्दा पनि हत्याका घटना भएका छन्,’ महाशाखाका प्रमुख एसएसपी थापाले भने।

    गत बिहीबार राति धादिङमा आवेगकै कारण ६५ वर्षीय सोमबहादुर गुरुङको क्रूरतापूर्वक हत्या भएको थियो । धादिङको निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले खुर्पाले घाँटी रेटी गुरुङको क्रूरतापूर्वक हत्या गरेका थिए ।

    परियार हत्यापछि बिहीबार राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा गुरुङको टाउको झोलामा हालेर आत्मसमर्पण गर्न पुगेका थिए । उनले आफूले मान्छे मारेर आएको भन्दै ड्युटीमा रहेका प्रहरीलाई झोलाबाट टाउको निकालेर देखाइदिएका थिए।

     यसैगरी, गत मंगलबार झापाको शिवसताक्षी नगरपालिकामा समेत लेनदेनकै कारण २८ वर्षीय गोमानसिंह मगरको वीभत्स तरिकाबाट हत्या भएको थियो।

    स्थानीय मनकुमार लिम्बुले मगरलाई बोलाएर शिवसताक्षी बजारमा भेटेपछि दुवै जना रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको र सोही क्रममा लेनदेनको विषयमा विवाद हुँदा छुराले घाँटी रेटी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरू दुवै जना बहराइनबाट केही समयअघि नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७१०:११:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend