सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वामदेवबारे नेकपा नेताको खुलासाले अरु नेतालाई छटपटि

वामदेवबारे नेकपा नेताको खुलासाले अरु नेतालाई छटपटि

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 16.5K
    SHARES

  • वामदेवबारे नेकपा नेताको खुलासाले अरु नेतालाई छटपटि

    काठमाडौं- नेकपाका नेता एवं केन्द्रिय सदस्य बिष्णु रिजालले हालै राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय भएका नेकपाका वरिष्ठ नेता वामदेवबारे विभिन्न कुराहरु खुलासा गरेका छन् । 

    नेता रिजालले फेसबुक मार्फत पोष्ट गर्दै, मानिसहरु म्युजिक भिडियो बनाएर राष्ट्रियसभा पुगेका छन् भन्दै व्यंग गरेका हुन् । यतिमात्रै हैन्, नेता रिजालले वडा सदस्य, नगर प्रमुख र प्रदेश सदस्यमा चुनाव हारेर राष्ट्रियसभामा पुगेका छन्, नाता–सम्बन्धका आधारमा पनि पुगेका छन् भन्दै नेकपा नेता वामदेवमाथि कडा प्रहार गरेका छन् ।

    भदौ १८ गतेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँने निर्णय गरेको थियो । यसै निर्णयमाथि नेता वामदेवबारे रिजालले फेसबुकमा लेखेको स्टाटस यस्तो छ:

    "मानिसहरु नाच्दै–गाउँदै, गीत लेख्दै, म्युजिक भिडिओ बनाउँदै राष्ट्रियसभामा पुगेका छन्, विभिन्न मूलको पानी चाख्दै हिँड्दै पनि पुगेका छन्, वडा सदस्य, नगर प्रमुख र प्रदेश सदस्यमा चुनाव हारेर राष्ट्रियसभामा पुगेका छन्, नाता–सम्बन्धका आधारमा पनि पुगेका छन् ।

    श्रीमान्ले चुनाव हारिसकेपछि ‘मेरो घर खर्च चलेन’ भनेकै आधारमा श्रीमती ‘राष्ट्रिय कोटा’ बाट संसद्मा पुगेको पनि देखिएकै हो । नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा आधा शताब्दीभन्दा लामो जीवन अर्पित गर्नुभएका, विभिन्न कालखण्डमा अरुलाई नेता बनाउन निर्णायक भूमिका खेल्नुभएका, पार्टी एकताका पहरेदार र नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार वामदेव गौतम राष्ट्रियसभामा जान थाल्दा आकाशै खसे जस्तो गर्नुको अर्थ बुझ्न सकिन्छ । उहाँ उपल्लो सदनमा जाँदा संविधानै भत्किन्छ भन्ने मित्रहरु यसअघि अरु जाँदा कता व्यस्ता हुँनुहुँदोरहेछ कुन्नि !"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend