काठमाडौं- अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि रिक्त भएका दुवै मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
हाललाई दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नै तोकिएको हो ।
उनले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको थियो। सोहिअनुसार राष्ट्रपति भण्डारीबाट मन्त्रालयको जिम्मेवारीमा भएको हेरफेरलाई स्वीकृत गरिएको हो।
बिहीबारको सचिवालय बैठकमा नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको थियो । यद्यपी उक्त प्रकृया अघि बढेको छैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने प्रस्ताव ल्याएका छैनन् । वामदेवको सिफारिस शितलनिवासमा समेत नपुगेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।