काठमाडौं–बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुष हुन् ।
अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।