बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
कोरोना अपडेट

देशभर थपिए १,२२८ जना संक्रमित, कहाँ कति थपिए ? [ विवरणसहित ]

देशभर थपिए १,२२८ जना संक्रमित, कहाँ कति थपिए ? [ विवरणसहित ]

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.2K
    SHARES

  • देशभर थपिए १,२२८  जना संक्रमित,  कहाँ कति थपिए ? [ विवरणसहित ]

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिगंमा जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । 

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका ७ जना, झापाका १२ जना, तेह्रथुमका २ जना, धनकुटाका ३ जना मोरङका ४६ जना, संखुवासभाका ६ जना र सुनसरीका २७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६४ जना, पर्साका ६५ जना, बाराका ७१ जना, महोत्तरीका २०जना, रौतहटका २९ जना, सप्तरीका एकजना र सर्लाहीका १०९ जनामा कोरोना पुष्टि भएको छ ।

    डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३१ जना, गोरखाका ५ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ६ जना, लमजुङका ९ र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ११ जना, गुल्मीका १० जना, दाङका ४ जना, नवलपरासीका ९ जना, पाल्पाका २ जना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ८ जना र रुपन्देहीका ५२ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २ जना, जाजरकोटका एकजना, दैलेखका ६ जना,सल्यानका २ जना र सुर्खेतका ७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ६जना, कंचनपुरका ३ जना, कैलालीका १५ जना, डोटीका ४ जना, दार्चुलाका २ जना, बझाङका १० जना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend