काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३९४ जना महिला र ८३४ पुरुष छन्।
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४ सय ५५ जना संक्रमित थपिएको प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिगंमा जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।