काठमाडौं- कोरोना भाइरसको नियन्त्रणका लागि असक्षम देखिएको सरकारले जनतामाथि अन्याय गरेको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।
कोरोना भाइरसको माहामारीको संकटमा सरकारले गरेको लापर्बाहीका कारण आमसर्वसाधारण भोक र रोगको चपेटामा परेको नेविसंघले जनाएको छ ।
संघका माहामन्त्री दीपक भट्टराईले सरकारले माहामारीको नियन्त्रणका नाममा जनतालाई घरभित्रै बन्द गराएर महँगी मात्रै बढाएको आरोप लगाएका छन् ।
बुधबार नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ती जारी गर्दै सरकारले हातमुख जोर्नै गाह्रो परेकाबेला सरकारले अझै पेट्राृलियम पदार्थको मुल्य बढाउनु जनतामाथि अन्याय भएको बताएका छन् ।
नेविसंघले विज्ञप्ती जारी गर्दै बढाएकाे मूल्य तत्कालन फिर्ता ल्याउन र यसाे नभएमा आफुहरु सडकमा आउन बाध्य हुने चेतावनी दिएको छ ।
यस्ताे छ नेविसंघले जारी गरेकाे विज्ञप्ती :

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।