सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डका घरबेटीले काम नगरेपछि ओली आफैले फोन घुमाए

प्रचण्डका घरबेटीले काम नगरेपछि ओली आफैले फोन घुमाए

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 4.2K
    SHARES

  • प्रचण्डका घरबेटीले काम नगरेपछि ओली आफैले फोन घुमाए

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समयमा रासायनिक मल नल्याएर अलपत्र पारेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले बंगलादेशसँग मल मागेका छन् ।

    प्रधानमन्त्री ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजियतसँगमंगलबार फोनमा कुरा गरेर रासायनिक मग सहयोग गर्न आग्रह गरेका हुन् । फोन वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गरेको ओलीको ट्वीटमा उल्लेख छ ।

    ओलीले बंगलादेशीकी प्रधानमन्त्री हसिनासँग युरिया मल नेपाललाई दिन आग्रह गरेको ट्वीटमार्फत जानकारी दिइएको छ । बंगलादेशकी प्रधानमन्त्री हसिनाले प्रस्ताव सकारात्मक रुपमा लिएको पनि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

    प्रचण्डका घरबेटी शारदा अधिकारीले अनुदानको रासायनिक मल खरिद गर्नका लागि टेण्डर पाएका छन् । तर, उनले रासायनिक मल समयमा ल्याएनन् ।

    उनले समयमा मल ल्याउन नसक्दा किसानहरूले भदौको दोस्रो हप्तासम्म समेत मल पाएका छैनन् । ठूलाठूला सडक, खानेपानी लगायतका आयोजनाहरू राजनीतिक पहुँचका आधार लिएर अलपत्र पार्दै आएका बदनाम ठेकेदार अधिकारी रासायनिक मल काण्डमा पनि बदनाम भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend