बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

७० करोड काण्डका नाइकेमध्ये एक विजय मिश्र जापान फरार

७० करोड काण्डका नाइकेमध्ये एक विजय मिश्र जापान फरार

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 5.8K
    SHARES

  • ७० करोड काण्डका नाइकेमध्ये एक विजय मिश्र जापान फरार

    काठमाडौं– सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका ठेकेदार विजय मिश्र जापान फरार भएका छन् । उनी दुई महिनाअघि जापान पुगेको बताइएको छ । 

    सरकारले ७० करोड काण्डमा मन्त्री पद गुमाउने गोकुल बास्कोटालाई उन्मुक्ति दिएर चोख्याउने र आफूलाई कारबाही गर्ने संकेत पाएपछि मिश्र जापान उडेको बताइएको छ । 

    मिश्रसँगको टेप प्रकरण बाहिर आएपछि छानबिनका लागि राजिनामा दिएका बाँस्कोटाले मिश्रविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दिएका छन् । मुद्दाका लागि आवश्यक प्रक्रिया पूरा नगरी मिश्र जापान पुगेको बताइएको छ ।

    अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसबारे छानबिन गरिरहेको छ । तर, बास्कोटालाई कारबाही गर्न प्रमाण नपुगेको भन्दै चोख्याउने प्रपञ्च सुरु भइसकेको छ ।

    मिश्रले संसदीय समितिका सदस्यहरुले समेत घुस खाई निर्णय प्रक्रियामा ढिलाइ गरेको आरोप लगाएका थिए । 

    सरकारले जीटुजी विधिबाट सिधै सेक्युरिटी प्रेस खरिद गर्न थालेपछि मिश्रले आफू आवद्ध कम्पनीलाई नदिएको भन्दै तत्कालीन मन्त्री बाँस्कोटाको आलोचना गरेका थिए । सोही प्रकरणमा उनले ७० करोड रुपैयाँ मागेको अडियोमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७११:१५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend