सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वामदेवको गर्जनले बालुवाटारमा खैलाबैला, ओलिको प्रिय मान्छेको दिनगन्ती सुरु !

वामदेवको गर्जनले बालुवाटारमा खैलाबैला, ओलिको प्रिय मान्छेको दिनगन्ती सुरु !

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 7.3K
    SHARES

  • वामदेवको गर्जनले बालुवाटारमा खैलाबैला, ओलिको प्रिय मान्छेको दिनगन्ती सुरु !

    काठमाडौं- नेकपाका उपाध्यक्ष एवं वरिष्ठ नेता वामदेव गौतमले आफु राष्ट्रियसभामा जाने बताएका छन् । पार्टीकाे निर्णय अनुसार उपाध्यक्ष गाैतम सचिवालय जान तयार रहेकाे उनका प्रेस संयोजक विश्वमणि सुवेदीलेबताएका हुन् ।

    नेता गाैतमले यस्ताे भनेसँगै बालुवाटारमा तनाब भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अर्थमन्त्री युवराज खतिवडा नै निरन्तरता दिन खाेज्ने प्रपञ्चमा तनाब सिर्जना भएकाे हाे ।

    नेता गौतमलाई नेकपा सचिवालय बैठकले गत फागुन १४ मा नै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उपाध्यक्ष गौतम राष्टियसभामा जान तयार भएका हुन् ।

    तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय अस्विकार गरेका थिए । सचिवालयको निर्णयलाई नमानेर खतिवडालाई नै पुनः ल्याउने पक्षमा ओली छन्। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यहीँ २० गते  सकिदैछ । 

    ओलीले पार्टीको निर्णय मान्न नखोजे विवाद फेरि उत्पन्न हुने स्थिती हुन्छ । त्यसकारण ओलीले अब,वामदेवलाई नै राष्ट्रियसभा ल्याउन मन्जुरी दिनुपर्ने देखिन्छ । यसो भयो भने अब, मन्त्री खतिवडाको दिनगिन्ती सुरु भएको मान्न सकिन्छ । 

    उसोत, गत फागुनमै कार्यकाल सकिएका खतिवडा संसद सदस्य नभएको हुँदा थप ६ महिना मन्त्री बन्न पाएका हुन् ।

    ओलीले सचिवालयको निर्णयलाई अस्विकार गरेपछि राष्टिय सभाको मनोनित सदस्य अझै खाली नै छ। सोही कोटामा सचिवालयको निर्णयलाई अस्वीकार गरेर खतिवडालाई  नै लैजाने तयारी ओली रहेका छन्।  

    अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत बहुमतको सदस्य सचिवालयको निर्णय कार्यान्वयन गर्नैपर्ने पक्षमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend