सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीका प्रियपात्र अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद् बैठकमा किन गएनन् ? यस्तो छ भित्रि रहस्य !

ओलीका प्रियपात्र अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद् बैठकमा किन गएनन् ? यस्तो छ भित्रि रहस्य !

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 19.2K
    SHARES

  • ओलीका प्रियपात्र अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद् बैठकमा किन गएनन् ? यस्तो छ भित्रि रहस्य !

    काठमाडौँ- आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पप्रधानमन्त्री ओलीका प्रियपात्र अर्थमन्त्री डा. युवराज खतिवडाको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ ।

    कोरोना संक्रमणको डरका कारण अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएको भन्ने ढंगले समाचार प्रवाह भइरहेका छन् । तर, यसबारेमा उनले अहिलेसम्म केही भनेका छैनन् ।

    केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का अन्य सदस्यले अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण हुने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएको बैठकमा अनुपस्थित भएको हुनसक्ने भनेर प्रतिक्रिया जनाएका छन् । जुन टिप्पणी त्यति उपयुक्त देखिएको छैन । किनकि प्रधानमन्त्री केपी ओली नै सहभागी हुने बैठकमा मन्त्री नै संक्रमित भएको भन्नु सरासर झुट हो ।

    क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा मन्त्रालयको काममा भने नियमित रुपमा उपस्थित भइरहेका छन् । अर्थमन्त्री खतिवडा सोमबार बिहानै ८ बजे मन्त्रालय पुग्नुले उनमा कोरोनाभन्दा पनि आगामी २० गतेपछि मन्त्रीमा निरन्तरता नपाइने भन्ने चिन्ता हुन सक्ने बुझिएको छ ।

    सत्तारुढ नेकपाको सचिवालय बैठक १३ गते बस्ने भनिएको बैठक पार्टीमा देखिएको अन्तर्विरोधसँगै १८ गतेसम्मका लागि सारिएको हो ।

    सचिवालय बैठकलगत्तै प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थितिमा छन् । २० गते जुनसुकै अवस्थामा पनि अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री ओलीले निर्णय गर्नुपर्ने हुन्छ ।

    किनभने सो दिन अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्री बनेको ६ महिना पुग्दैछ । उनी सांसद होइनन् । संविधानतः सांसद नभएका व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यवस्था छ ।

    तर, त्यसका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको स्वीकृति आवश्यक पर्छ । किनभने गत फागुन १४ गते नेकपा सचिवालय बैठकको निर्णयले वामदेवलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरेको थियो ।

    सो निर्णय अहिले पनि यथावत् छ । आफ्नी श्रीमती तुलसा थापा मन्त्री बन्ने कन्फर्म नभएसम्म वामदेवले मुख नखोल्ने स्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओली युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा छन् । तर, गौतमले सांसद नबन्ने निर्णय गरे भने मात्र खतिवडाका लागि मार्गप्रशस्त हुनेछ ।

    त्यही भएर अहिलेसम्म खतिवडा राष्ट्रिय सभा सांसद मनोनीत हुन नसकेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा वामदेवको कोटामा एक मन्त्री बन्ने निश्चित रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend