भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको हो ।
चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आरोप लगाएको छ।भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। झडपमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन।
यसअघि गत असार १ गते पनि भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । पछिल्लो समय सीमाको विषयलाई भारत – चीनबिचको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ ।
केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ ।
कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।
जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।