सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

काण्डै काण्डमा फसेका ओलीका यी मन्त्रीहरु, जसको पद धारापमा, छानविनमा तानिँदै, दबाबमा प्रधानमन्त्री

काण्डै काण्डमा फसेका ओलीका यी मन्त्रीहरु, जसको पद धारापमा, छानविनमा तानिँदै, दबाबमा प्रधानमन्त्री

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 10.8K
    SHARES

  • काण्डै काण्डमा फसेका ओलीका यी मन्त्रीहरु, जसको पद धारापमा, छानविनमा तानिँदै, दबाबमा प्रधानमन्त्री

    काठमाडौं -  खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूले सन्तोषजनक काम गर्न नसकेपछि उनीहरूलाई हटाउन जनस्तरबाट दवाव परिरहेको छ ।

    मन्त्रिमण्डर हेरफेरको चर्चा चलिरहेका बेला झण्डै दर्जन मन्त्रीहरू हटाउन नेकपामा दवाव छ । काेराेना महामारी राेक्न नसकेकाे भनेर यी मन्त्रीहरूलाई हटाउन नेकपामा दवाव छ ।

    नेकपाकै नेता तथा कार्यकर्ताहरूले पनि सरकारका केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू बनाउनुपर्ने माग गरिरहेका छन् । जनताले अपेक्षा गरिएका मन्त्रीहरूले नै काम गर्नुभन्दा पनि आफ्नो स्वार्थ हेरेपछि ती मन्त्रीहरूलाई हटाउन दवाव परेको हो ।

    उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल शुरुदेखिनै विवादित छन् । उनले गृहमन्त्री नेतृत्वका नेपाल ट्रष्टलाई आफू मातहत ल्याएर यति समूहलाई गोकर्ण रिसोर्ट, दरबारमार्गको महँगो जग्गा दिने जस्ता विवादित निर्णय गरेपछि ओलोचित बनेका थिए ।

    रक्षामन्त्री पोखरेल कोभिड–१९ उच्चस्तरीय समितिलाई पनि आफू मातहत ल्याएर संयोजक बनेपछि उनको आलोचना भइरहेको छ । पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र स्वास्थ्य सामग्री खरिदमा काम गर्न नसकेको आरोप छ । पछिल्लो समय आफ्ना सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको सदस्य हुँदै अध्यक्ष बनाउने तयारी गरेपछि पोखरेल झन् विवादित बनेका छन् ।

    गृहमन्त्री रामबहादुर थापाले गुमनाम छन् । सुदूरपश्चिममा हेलिकप्टरमा राहत लिएर गएका थापाले धानबाली माडेर फर्किएको भन्दै उनको आलोचना भएको छ । उनले कोरोना रोकथाम, विपत व्यवस्थापनलगायतमा सोँचेअनुसारको काम गर्न नसकेको आरोप छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सबैभन्दा आलोचित बनेका छन् । कोरोना रोकथाममा ढकालले काम नै गर्न नसकेको आरोप छ । समय रहँदासम्म कुनै काम नगरेकै कारण कोरोना संक्रमितको संख्या र मृत्यु हुनेहरू बढेको आरोप ढकाललाई लागेको छ ।

    स्वास्थ्य सामग्री खरिदमा ओम्नीलाई भित्र्याएर मन्त्री ढकाल झन् विवादत बनेका थिए । भदौ २० गते मन्त्री पद खुस्किदै गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्रलाई धरासायी बनाएको आरोप छ ।

    उनको गलत अर्थ नीति समयमा सहि काम गर्न नसक्दा महँगी बढेको आरोप छ । प्रधानमन्त्री ओलीप्रति मात्रै वफादार डा.खतिवडाले कुनै पनि राम्रो काम नगरेको आरोप उनकै दलका नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।

    नेकपाको ‘विजयकुमार गच्छदार’को आरोप खेप्दै आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेर निजी विद्यालयहरूको पक्षपोषण गरेको आरोप छ ।

    पोखरेलले सरकारी विद्यालयहरू नीति विद्यालयहरूलाई सञ्चालन गर्न दिने बजेटमा व्यवस्था गरेपछि आलोचना भएको थियो । निजी विद्यालयहरूका मालिकहरूलाई पढाइ नभएको महिनाको पनि शुल्क उठाउन दिएको भनेर आलोचना भइरहेको छ ।

    काठमाडौं उपत्यकाका केही निजी विद्यालयहरूले नपढाएको महिनोका शुल्क उठाएको भनेर अभिभावकहरूले गुनासो गरेका छन् । नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी समेत रहेकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले मेलम्ची खानेपानीमा ठूलो राजनीति गर्दै आएकी छिन् ।

    मगरकै कारण मेलम्चीको ठेकेदार भाग्नुका साथै खर्च पनि वृद्धि भएको छ । मन्त्री मगरले हतार गर्दा सुरुङ फुटेर केही कर्मचारीहरूको मृत्यु समेत भएको छ । मगरले केही काम गर्न सकेकी छैनिन् । ससुरा दाहालका कारण ओलीले मन्त्रीबाट मगरलाई हटाउन दुस्साह गर्न सक्दैनन् ।

    धेरै भरोसा गरिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोँचेअनुसारको कुनै पनि काम गर्न नसकेको आरोप छ । दिनभरि ट्वीटरमा ट्वीट गरेर रमाउन मन्त्री भट्टराईले विदेशबाट नेपालीहरूको उद्धारमा अनियमिता गरेको आरोप छ ।

    भट्टराईले निजी विमान कम्पनी र तारे होटेलहरू तथा यति समूहलाई फाइदा हुने गरेर धमाधम निर्णय गरेको आरोप छ । सबैभन्दा धेरै भरोसा गरिएका कृषिमन्त्री घनश्याम भुसाल चीन र मल काण्डमा परेका छन् । माफियाहरूको चंगुलमा फसेर भुसालले कुनै पनि काम गरेका छैनन् ।

    मन्त्री हुनुभन्दा ठूलाठूला आदर्शका कुरा गर्ने भुसाल अहिले गुमनाम छन् । सामाजिक सञ्जालमा पनि देखिन छाडेका छन् । भुसालले किसानलाई मल दिन सकेका छैनन् ।

    मन्त्री भुसालले मल खरिदको ठेक्का नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालका घरमालिक शारदा अधिकारीलाई दिएका छन् । अधिकारीले मल ल्याएका छैनन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतबीचको सम्बन्ध सुधार गर्नेभन्दा पनि बिगार्नतिरै केन्द्रित गरेको आरोप छ ।

    भारतसँग ज्ञवालीले कुटनैतिक सम्बन्ध सुधारका लागि काम गर्न सकेका छैनन् । वनमन्त्री शक्तिबहादुर बस्नेतले पनि काम गर्न नसकेकोको आरोप छ । उनले काठ माफिया र तस्करहरूलाई साथ दिएको आरोप छ । कोरोनाका बेला धेरै जिल्लाहरूमा काठ तस्करहरू सलबलाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend