काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका मृतक २०७ पुगेको हो । यो संख्या कुल संक्रमतिको ० दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार शनिबार कोरोनाले ज्यान गुमाउनेहरुमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।