काठमाडौं–एउटा संचार गृहका मालिक सोल्टी होटलमा बसेको र असामाजिक क्रियाकलाप गरेको भनेर अफवाह फैलाएर सामाजिक सञ्जालमा भाइरल बनाएपछि सोल्टी होटेलको व्यवस्थापन पक्ष तनावमा परेको सो होटेलमा कार्यरत एक कर्मचारीले बताएका छन् ।
काल्पनिक घटना कथेर संचार गृहका मालिकको नाम समेत उल्लेख गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि सोल्टी होटलको व्यवस्थापन पक्ष तनावमा परेको स्रोत बताउछ ।
सामाजिक सञ्जालको उक्त पोष्टले गर्दा विभिन्न व्यक्तिहरूले प्रहरीका उच्च अधिकृतहरूसंग सोधखोज गर्न थालेपछि प्रहरीका जिम्मेवार व्यक्तिहरू समेत हैरान हुन पुगेको स्रोत बताउछ।
स्रोतका अनुसार, सामाजिक सञ्जालमार्फत आफ्नो होटेलको बद्नाम हुनगरी अफवाह फैलाएको भन्दै सोल्टी होटलले प्रहरीलाई सत्यतथ्य अनुसन्धान गरेर कारवाही गर्न अनुरोध गरेको स्रोत बताउछ ।
होटेल व्यवस्थापनको अनुरोधपछि प्रहरीको टोली सोल्टी होटेल पुगेको र होटेलको ४–५ दिनकै सीसी क्यामेराको फुटेजहरू समेत हेरेको स्रोत बताउछ ।
सोल्टी होटेल स्रोतका अनुसार, सो होटेलमा ९२८ रूम नम्बर समेत रहेको छैन । आफ्नो होटेलको बद्नाम हुनगरी काल्पनिक कुरा कथेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएकोले अनुसन्धान गरेर साइबर क्राइम कानून अनुसार कारवाहीको माग गरेर उजुर गरेको स्रोत बताउछ । साँघु साप्ताहिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।