सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली-प्रचण्डको नेकपामा पराकम्प जाने संकेत, पार्टीभित्र खैलाबैला

ओली-प्रचण्डको नेकपामा पराकम्प जाने संकेत, पार्टीभित्र खैलाबैला

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 38.2K
    SHARES

  • ओली-प्रचण्डको नेकपामा पराकम्प जाने संकेत, पार्टीभित्र खैलाबैला

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिको तर्फ लागेका छन् ।

    लामोसमयदेखि रहि आएको विवाद गतहप्ता गठन गरेको कार्यदलले निम्ट्याइदिन लागेको संकेत नेकपामा देखिएको  हो ।

    उक्त कार्यदलले पार्टीको विवाद समाधानका लागि शनिबार १७ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो। 

    सोही प्रतिवेदनमाथि मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय  पनि गरिसकेको छ ।

    प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्नपर्ने सुझाव छ।

    दुवै अध्यक्षको सम्झौता अनुरुपको कार्यदलले तयार पारेको प्रतिवेदनमा नेकपाका अन्य नेताहरुले दिने प्रतिकृया भने थाहा हुन बाँकी नै छ । अहिलेको स्थितीमा दुवै अध्यक्ष सहमति नजिक देखिएका छन् ।

    यद्यपी नेकपाका अन्य शीर्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालपक्षले भने कार्यदल गठन भएकै बेला असन्तुष्टि व्यक्त गरेका थिए । तर, दोस्रो दिन प्रचण्डले माधवपक्षसँग भेट गरेर चुप गराएका थिए ।

    माधवपक्षले अहिलेसम्म कार्यदलले गरेको निर्णयप्रति कुनै टिप्पणी गरेकाे छैन् । यसकारण अब सचिवालय बैठकबाट प्रतिवेदन अघि बढ्न माधवपक्ष र स्थायिकमिटी सदस्यहरूकाे सहमति हुनुपर्ने छ । तर, नेकपा स्राेतका अनुसार केहि स्थायि कमिटी सदस्यहरूले कार्यदलकाे प्रतिवेदनमा सहमति नजताउने संकेत गरेका छन् ।

    यसबाट माधवपक्षका केहीले प्रतिवेदन अनुरुप अघि बढ्नविरोध जताउने निश्चित नै रहेकाे देखिएकाे छ । तर, प्रचण्ड भने प्रतिवेदन अनुसार सहमत नै देखिएका छन् । 

    यदि माधवपक्ष र अन्य स्थायि कमिटि सदस्यहरूले प्रतिवेदनमा सहमति जताएनन् भने  त्यसपछि नेकपामा के हुन सक्छ भन्ने अनुमान अहिले गर्न सकिदैन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend