काठमाडौं- भदौ ३ गते मध्यरातदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बुधबार राति देखि सकिदै छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गरेर निषेधज्ञा लगाइएको थियो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक मंगलबार बस्दै छ। कोरोना संक्रमणको जोखिम नघटेकालाई निषेधाज्ञा थप्ने तयारी भइरहेको छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको जानकारी दिइन्।
‘निषेधज्ञा गरिएपछिको अवस्था समीक्षा गर्न बैठक बस्न लागेको हो’, उनले भनिन्, ‘निषेधाज्ञा बढाउने वा के गर्ने भन्ने निर्णय हुन्छ।’ उपत्यकामा कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले केही दिन अझै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन्।
सोमबार बसेको उपत्यकाभित्रका भित्रका मेयरहरुको बैठकले अर्को हप्ता पनि निषेधाज्ञा लम्ब्याउनुपर्ने सुझाव दिएका छन्। जस कारण काठमाडौं उपत्यकामा अझै निषेधाज्ञा लम्बिने देखिएको छ ।
उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यकबाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय सोमबार मेयरहरुको बैठकले गरेको थियो।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण दर निकै बढेको छ। सोमबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४६६ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ६६७, ललितपुरका ४५७ जना र भक्तपुरका २६४ जना छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।